Flip Khabar
गण्डकी प्रदेश राजनीति विचार समाचार

यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णय

मन्त्रिपरिषद्को बैठकले असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । आज (मंगलबार) सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जापान सरकारबाट प्राप्त हुने मानव संशाधन विकास छात्रवृत्तिका ४१ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको पनि बताइन् । उनले विद्यालय क्षेत्र आयोजनाका लागि शिक्षाका लागि विश्वव्यापी साझेदारी संस्थाबाट १९.७० मिलियन अमेरिकी डलर सहायता स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिइन् । उनले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैठकबाट १२० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको बताइन् । उनले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति गठन तेस्रो संशोधन आदेश २०८० स्वीकृत गर्ने निर्णय गरेको पनि बताइन् ।

त्यस्तै बैठकले भन्सार महसुलसम्बन्धी नयाँ विधेयकका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । भन्सार महसुल सम्बन्धी नयाँ विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको र उक्त निर्णयले भन्सार महसुल सम्बन्धी नयाँ विधेयक तर्जुमा गर्ने बाटो खुलेको मन्त्री शर्माले बताइन् ।

Related posts

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय

Republic Times

कुशवाहाको संसदीय कोषको रकमबाट निर्माण भई रहेको छठघाटमा कमसल निर्माण सामग्री प्रयोग

Republic Times

मुख्यमन्त्री नियुक्त भएपछि पाण्डेले भने : नेतृत्वमा आलोपालो हुन्छ

Republic Times

Leave a Comment