Flip Khabar
कृषि गण्डकी प्रदेश राजनीति शिक्षा समाचार सुदूरपश्चिम प्रदेश

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय

सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अब प्रत्‍येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

उनले भनिन्, ‘ शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको प्रस्तावमा अबदेखि प्रत्‍येक वर्ष असोज २ गते शिक्षा दिवस मनाउने मन्त्रिपरिषदले निर्णय गरेको छ ।’

जापान सरकारबाट प्राप्त हुने मानव संसाधन विकास छात्रवृत्तिका ४१ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको उनले बताइन् ।

उनले विद्यालय क्षेत्र आयोजनाका लागि शिक्षाका लागि विश्वव्यापी साझेदारी संस्थाबाट १९.७० मिलियन अमेरिकी डलर सहायता स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिइन् ।

उनले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट १२० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको बताइन् ।

यसैगरी परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति गठन तेस्रो संशोधन आदेश २०८० स्वीकृत गर्ने निर्णय गरेको पनि उनले बताइन् ।

यस्तै मन्त्रिपरिषद बैठकले भन्सार महसुलसम्बन्धी नयाँ विधेयकका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

भन्सार महसुल सम्बन्धी नयाँ विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको र उक्त निर्णयले भन्सार महसुल सम्बन्धी नयाँ विधेयक तर्जुमा गर्ने बाटो खुलेको मन्त्री शर्माले बताइन् ।

Related posts

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

Republic Times

प्रकोप व्यवस्थापनमा रेडक्रसको भूमिका महत्वपुर्ण : मुख्यमन्त्री पाण्डे

Republic Times

बुधबारका लागि संघीय संसदको संयुक्त बैठक आह्वान

Republic Times

Leave a Comment