Flip Khabar
कृषि राजनीति विचार समाचार

म्याग्दीमा फुलिरहेको ‘फुच्चे गुराँस’

यो फूल नेपालमा पाइने ‘फुच्चे गुराँस’ हो । यो नेपालमा पाइने सानो आकारका गुराँसमध्येको ‘रोडोडेन्ड्रन कोवानियनम’ प्रजातिको गुराँस हो । यो गुराँस नेपालको रैथाने गुराँस प्रजाति हो । यसअघि यो प्रजाति म्याग्दीसहित, मुस्ताङ,लाङटाङ र नेपालको मध्य तथा पश्चिम भागमा अभिलेख भएका छन् ।

यो एक झाडीधार वनस्पतिमा पर्छ । विशेषगरी नेपालको धवलागिरि हिमालीको दक्षिणदेखि लाङटाङ र गोसाइँकुण्ड क्षेत्रसम्मका ३ हजारदेखि ४ हजार मिटरसम्मको उचाइमा पाइने अभिलेख छ । आधा मिटरदेखि ३ मिटरसम्मको उचाइ हुने यो गुराँस फुलेको बेला पात सँगै निस्कने वनस्पतिविद् कमल मादेन बताउँछन् ।

लाङटाङ क्षेत्रमा यो गुराँसलाई किसुर भनेर पनि चिनिन्छ । अप्रिलदेखि जुन महिनामा फुल्ने यो गुराँस गुलाबी हुन्छ ।

Related posts

बुधबारका लागि संघीय संसदको संयुक्त बैठक आह्वान

Republic Times

यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णय

Republic Times

मुख्यमन्त्री नियुक्त भएपछि पाण्डेले भने : नेतृत्वमा आलोपालो हुन्छ

Republic Times

Leave a Comment